Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

मूल्य अभिवृद्धि कर प्रयोजनका लागि निजी व्यक्ति


निजी व्यक्ति – (Private Person)
मूल्य अभिवृद्धि कर प्रयोजनका लागि निजी व्यक्ति भन्नाले कुनै करयोग्य व्यबसायमा संलग्न नरहेको प्राकृतिक व्यक्तिलाई सम्झनु पर्दछ । व्यवसायिक उद्देश्यले करयोग्य कारोवार गर्ने व्यक्ति मूल्य अभिवृद्धि कर प्रयोजनको लागि करदाता हुन्छन । निजी व्यक्तिले व्यवसायिक उद्देश्यले कर लाग्ने वस्तु वा सेवाको खरीद, बिक्री वा स्वामित्व हस्तान्तरण जस्ता आपर्ति जन्य कारोवार गर्दैनन् । तर्सथ, निजी व्यक्तिहरु मूल्य अभिवृद्धि कर प्रयोजनको लागि करयोग्य व्यक्ति मानिंदैनन् । साथै यस्ता व्यक्ति दर्ता हुन पनि सक्दैनन् ।

यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः
उदाहरण १
श्री रामप्रसाद अधिकारी कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वडा नं. २८ निवासी हुन् । सामान्य जीवन यापनको लागि पैतृक पेशा कृषिलाई अंगालेका छन् । फुर्सदको समयमा समाजसेवा पनि गर्दछन् । यस प्रकारका सामान्य व्यक्ति वा नागरिकलाई मूल्य अभिवृद्धि कर प्रयोजनको लागि निजी व्यक्ति भनिन्छ । निजी व्यक्तिले व्यवसायिक उद्देश्यले कारोवार गर्दैनन्  । यस्ता व्यक्ति वा नागरिकले व्यक्तिगत स्थायी लेखा नम्बर लिन सक्दछन् तर मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुन पर्दैन । मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुन उक्त व्यक्तिले व्यवसाय दर्ता गरी करयोग्य कारोवार गर्ने वा गरेको हुनु पर्दछ ।

निजी व्यक्तिले आफ्नोवैयक्तिक वा घरेलु प्रयोजनकोलागि खरीद गरिएको वा प्रयोगमा रहेका वस्तु तथा सेवालाई बिक्री गरेमा मूल्य अभिवृद्धि कर आकषिर्त हुदैं न । यस्तो वैयक्तिक रुपमा हुनेबिक्रीको कारोवारलाई कहिलेकाँही मात्र हुनेघटना मानी करको दायरा बाहिर राखिन्छ । उदाहरणको लागि आफूलेप्रयोग गरिरहेको सवारी साधन, फर्निचर वा यस्तै कुनै सामान बिक्री गरेमा त्यस्तो बिक्रीमा मूल्य अभिवृद्धि कर असुल गर्नु पर्दैन ।
यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः
उदाहरण २.२
श्री गणपति लामीछाने उपाध्याय प्रसिद्ध कानून व्यवसायी हुन् । उनी मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएका व्यक्ति हुन् । उनले हालै पोखरा लेखनाथ -28, कालिकामा  आधुनिक साधन तथा प्रसाधनबाट सुसज्जित भव्य भवन निर्माण गरेको छन् । नयां गृह प्रवेश गर्नु पुर्ब हाल भाडामा बसेकोघरमा रहेका आफ्ना पुराना फर्निचर, फिक्स्चर तथा मारुती कारलाई उनी बिक्री गर्न चाहन्छन् । श्री उपाध्याय मूल्य अभिवृद्धि करमा दर्ता भएको भए तापनि उनले आफूले प्रयोग गरिरहेकोसवारी साधन, फर्निचर/फिक्स्चर व्यवसायिक प्रयोजनका लागि खरीद नगरेको हुदा ती बस्तु  बिक्री गरेमा त्यस्तो बिक्रीमा मूल्य अभिवृद्धि कर असुल गर्नु पर्दैन । यस्तो वैयक्तिक रुपमा हुने बिक्रीको कारोवारलाई कहिलेकाँही मात्र हुने घटना मानी करको दायरा बाहिर राखिन्छ ।


तर सरकारी एवं र्सार्वजनिक निकायहरुले कानुन बमोजिमको प्रक्रिया पूरा गरी र्सार्वजनिक बोलकबोल वा लिलामी प्रक्रियाबाट सवारी साधन, कम्प्युटर, कार्यालय सामान, फर्निचर, फिक्स्चर वा यस्तै प्रकारका अन्य कर लाग्ने वस्तु बिक्री गरेको अवस्थामा स्वीकृत बोलकबोल अंक वा लिलाम सकार गरेको अंकलाई कारोवार रकम मानी सम्बन्धित सरकारी वा र्सार्वजनिक निकायहरुले प्रचलित दरमा मूल्य अभिवृद्धि कर संकलन गरी दाखिला गर्नु पर्दछ ।


करदाता र कर लाग्ने कारोवार भनेको के हो ??