मूल्य अभिवृद्धि कर प्रयोजनका लागि कर्मचारी वा कामदार
कर्मचारी वा कामदार
रोजगारी
भन्नाले आय आर्जन गर्नको लागि श्रमको विनिमय गर्नु हो । रोजगारी भन्नाले कुनै पनि प्राकृतिक व्यक्तिले रोजगारीको शर्त अनुसार आफ्नो
ज्ञान,
अनुभव, सिप, जांगर तथा श्रम
प्रयोग गरी सेवा प्रदान गर्ने कार्यलाई जनाउंछ । यसले विगत, वर्तमान
र भविष्यको रोजगारीलाई समेत समेट्दछ । कर्मचारी प्रतिष्ठानको मालिक वा साझेदार नभई
उक्त प्रतिष्ठानको कुनै पद नाम सहित पदासीन रहेको हुन्छ जस्तैः प्रबन्धक, प्रशासक, लेखापाल आदि । रोजगारीले व्यक्तिले धारण गरेको
र्सार्वजनिक ओहदालाई समेत जनाउंछ । रोजगारीबाट आर्जन हुने आयमा मूल्य अभिवृद्धि कर
आकषिर्त हुंदैन । तर स्वतन्त्र रुपमा बिशेषज्ञ सेवा गरेवापत प्राप्त हुने सेवा शुल्कमा
मूल्य अभिवृद्धि कर आकषिर्त हुन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२
ले प्रतिफल प्राप्त गर्ने उद्देश्यले गरिने खरीद, बिक्री,
बिनिमय, हस्तान्तरण, उत्पादन,
आयात तथा निर्यात गरिने मुर्त वस्तु तथा मुर्त/अ-मुर्त सेवा तथा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पटृालाई समेटेको छ । मूल्य
अभिवृद्धि कर ऐन, २०५२ को दफा २ (च) ले
सेवाको परिभाषा निम्नानुसार उल्लेख गरेको छ ।
दफा
२.
(च) "सेवा" भन्नाले
वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।
यस
विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः
उदाहरण
श्री कमल कोइरालाले हालै चार्टड एकाउण्टेन्सी
कोर्स उत्तिर्ण गरेका छन् । उनलाई निजी प्रतिष्ठित बैंकहरुबाट वित्तीय प्रबन्धकको पदमा
जागिर दिने प्रस्ताव आइरहेको छ । तर उनी एक चार्टड एकाउण्टेन्सी र्फम खोली स्वतन्त्र
रुपले पेशा गर्ने सोच बनाइरहेका छन् ।
यदि उनले उन्नति बैंक लिमिटेडको प्रस्ताव स्वीकार
गरी बैंकको बित्तीय प्रवन्धकको पदमा नियुक्त भई एक कर्मचारीको रुपमा कार्य गरेमा निजको
त्यस्तो रोजगारीबाट गरिएको आयमा मूल्य अभिवृद्धि कर आकषिर्त हुंदैन । कर्मचारीको रुपमा
उन्नति बैंक लिमिटेडमा सम्बद्ध भए पश्चात् सांगठनिक जीवनमा कमल कोइरालाको स्वतन्त्र
पहिचान र अस्तित्व रहदैन । संगठनमा कार्यरत रहंदा निजको परिचय वित्तीय प्रवन्धक पदनामले
दिन्छ । तर श्री कोइरालाले चार्टड एकाउण्टेन्सी र्फम खोली स्वतन्त्ररुपले पेशा संचालन
गरेमा निजको सेवा करयोग्य मानिन्छ । यस्तो अवस्थामा उनी मूल्य अभिवृद्धि कर प्रयोजनको
लागि दर्ता हुनु पर्दछ । उनले सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेवापत प्राप्त
गर्ने सेवा शुल्कमा मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्दछ ।
मूल्य अभिवृद्धि कर प्रयोजनका लागि निजी व्यक्ति