मूल्य अभिवृद्धि कर प्रणालीमाः करदाताको एकल स्वतन्त्र व्यवसाय
मूल्य
अभिवृद्धि कर प्रणालीमा प्राकृतिक व्यक्ति र कानूनद्वारा स्थापित निकाय दुबै करयोग्य
व्यक्ति हुन सक्दछन् । प्राकृतिक व्यक्तिले एकल स्वामित्वमा स्थापना गर्ने एकलौटी व्यवसायको
अस्तित्व,
स्वरुप र प्रकृति परिवर्तन भइरहन्छ । व्यवसायिक संभाव्यताको आधारमा प्राकृतिक
व्यक्तिले विभिन्न प्रकृतिका व्यवसायहरु संचालन गर्ने वा बन्द गर्ने गरेको पाइन्छ ।
प्राकृतिक व्यक्ति र उसले प्राप्त गरेको स्थायी लेखा नम्बर परिवर्तन हुदैन भन्ने आधारभूत
सिद्धान्त रहेको छ । सोही सिद्धान्तको आधारमा मूल्य अभिवृद्धि कर प्रयोजनको लागि कुनै
प्राकृतिक व्यक्तिले एकल स्वामित्वमा पृथक पृथक प्रकृतिको व्यवसाय स्थापना गरे तापनि
ती सबै व्यवसायलाई एउटै स्थायी लेखा नम्बरमा समाहित गर्नुपर्दछ ।
एकल स्वामित्वमा प्राकृतिक
व्यक्तिले एकै प्रकृतिको व्यवसाय अलग अलग स्थानमा संचालन गर्ने वा पृथक पृथक प्रकृतिको
व्यवसाय एकै स्थान वा अलग अलग स्थानमा संचालन गर्ने जुनसुकै अवस्था भए पनि व्यवसाय
वा स्थानपिच्छे बेग्ला बेग्लै स्थायी लेखा नम्बर जारी गर्न सकिदैन । यदि भूलबस जारी
भएको छ भने सच्याइनु पर्दछ । एकल स्वामित्वमा रहेका सबै व्यवसाय वा कारोवारको नाम,
ठेगाना, कारोवार विवरण तथा कारोवार शुरु गरेको
मिति उल्लेख गरी एउटै स्थायी लेखा नम्बर जारी गर्नु पर्दछ । उक्त स्थायी लेखा प्रमाणपत्रको
प्रमाणित प्रति सबै कारोवार स्थानमा राख्नुपर्दछ ।
अलग
अलग व्यवसाय र स्थानको लागि अलग अलग बीजक, अभिलेख राख्ने
गरी स्वीकृति लिनु पर्दछ । तर सबै व्यवसायको कारोवारलाई एकीकृत गरी दर्ता भएको कार्यालयमा
नियमानुसार कर विवरण पेश गर्नुपर्दछ ।
यसलाई
निम्न उदाहरणबाट थप प्रष्ट पारिएको छः
उदाहरण १
श्री हिराकाजी महर्जन पेशाले निर्माण व्यवसायी
हुन् । उनको एउटा महर्जन निर्माण सेवा भन्ने र्फम
रहेको छ । निज महर्जनले आफ्नो महर्जन निर्माण
सेवालाई मूल्य अभिवृद्धि कर प्रयोजनको लागि २०६० सालमा आन्तरिक राजस्व कार्यालय पोखरामा
दर्ता गराएका रहेछन् । महर्जन निर्माण सेवाले विभिन्न निकायहरुमा निर्माणसम्बन्धी ठेक्कापटृा
गरी करयोग्य सेवा आपुर्ती गर्दा नियमानुसार मूल्य अभिवृद्धि कर संकलन गरी कर दाखिला
गर्दै आएको रहेछ । २०७२ साल बैशाखमा निज महर्जनले पोखरा लेखनाथ - 28, कालिकामा आफ्नै स्वामित्वमा महर्जन सप्लायर्स भन्ने विविध समग्री आपुर्ती
गर्ने अर्को प्रोपराइटरसीप र्फम दर्ता गरी कारोवार गर्दै गरेको जानकारी बजार अनुगमनको
सिलसिलामा प्राप्त भयो । पोखरा स्थित आन्तरिक राजस्व कार्यालयको अभिलेख जांचबुझ गर्दा
श्री हिराकाजी महर्जनले आफ्नो महर्जन सप्लायर्स नाम गरेको अतिरिक्त कारोवारको बारेमा
कुनै जानकारी दिएको पाइएन र कारोवार थप गरेको पनि देखिएन । उक्त पसलबाट विविध करयोग्य
समान बिक्री गर्दा मूल्य अभिवृद्धि कर बीजक जारी गरेको पाइएन । महर्जन सप्लायर्सको
करयोग्य वस्तुको कारोवार रु. १० लाख मात्र रहेको हुदा मुल्य अभिवृद्धि
करमा दर्ता नगराएको भनाई करदाताको रहेको देखियो ।
प्रस्तुत केसमा श्री हिराकाजी महर्जनको महर्जन
निर्माण सेवा मूल्य अभिवृद्धि करमा दर्ता रहेको हुदा निजले स्थापना गरेको प्रोपराइटरसीप
र्फम महर्जन सप्लायर्सलाई निजको हाल कायम रहेको स्थायी लेखा नम्बरमा समावेश गर्नु पर्दछ
। महर्जन सप्लायर्सको लागि बेग्लै स्थायी लेखा नम्बर लिनु पर्दैन र प्राप्त गर्न पनि
सकिंदैन । प्राकृतिक व्यक्तिले एउटा मात्रै स्थायी लेखा नम्बर प्राप्त गर्न सक्ने व्यवस्था
रहेको हुदाँ निज हिराकाजी महर्जनले स्थापना गरेको महर्जन सप्लायर्स वा भविष्यमा गर्ने
अन्य अतिरिक्त कारोवारलाई आफ्नो स्थायी लेखा नम्बरमा आवद्ध गर्न र्फम दर्ता भएको मितिले
१५ दिनभित्र आन्तरिक राजस्व कार्यालय पोखरामा गई कारोवार थप गराउनु पर्दछ ।
मूल्य
अभिवृद्धि करमा दर्ता भएको व्यक्तिको विभिन्न स्थानमा शाखा, प्रशाखा तथा गोदाम घरहरु रहेका हुन सक्छन् । मुख्य कार्यालयको अतिरिक्त धेरै
शाखा प्रशाखा एवं गोदाम घर भए तापनि ती सबैलाई एकल करयोग्य व्यक्तिको रुपमा व्यवहार
गरिन्छ । त्यस्तो अवस्थामा शुरुमा एउटा मुख्य कार्यालय दर्ता गरिन्छ र स्थायी लेखा
नम्बर उपलब्ध गराइन्छ । अन्य शाखा प्रशाखालाई सोही स्थायी लेखा नम्बर प्रयोग गरी कारोवार
गर्न स्वीकृति दिई सम्वन्धित आन्तरिक राजस्व कार्यालयको अभिलेखमा जनाइन्छ । दर्ता भएको
आन्तरिक राजस्व कार्यालयले शाखा प्रशाखा प्रमाणित गरी नजिकको अन्य आन्तरिक राजस्व कार्यालयलाई
बोधार्थ दिनु पर्दछ । करदाताले दर्ता भएको आन्तरिक राजस्व कार्यालयको स्वीकृति लिई
बीजक, खाता, तथा अभिलेख तत् तत् स्थानमा
राख्नु पर्छ । प्रत्येक कर अवधिमा सबै शाखाको कारोवार लाई एकमुष्टरुपमा कर विवरणमा
समावेश गरी दर्ता रहेको कार्यालयमा पेश गर्नु पर्दछ । यस विषयलाई निम्न उदाहरणले थप
प्रष्ट पार्नेछ ।
उदाहरण २
पोखरा नयाँसडकमा मुख्य कारोवारस्थल रहेको एक
मिर्ठाई पसलले काठमाडौं, ललितपुर, भक्तपुर,
पोखरा, बीरगंज, बिराटनगरजस्ता
शहरमा १० वटा शाखा कार्यालय स्थापना गर्न चाहन्छ । मिर्ठाई पसल आन्तरिक राजस्व कार्यालय
पोखरामा दर्ता रहेको छ । करदाताको निवेदन उपर कार्यवाही गर्दा उक्त कार्यालयले १० वटा
शाखाहरुमा अलग अलग खाता राख्ने, बीजक
जारी गर्ने, सबै शाखाहरुको
कारोवारलाई एकीकृत गरी एकमुष्टरुपमा मासिक कर विवरण पेश गर्ने गरी स्वीकृति दिनु पर्दछ
।
स्वीकृति दिनुपुर्ब आन्तरिक राजस्व कार्यालयले
उक्त मिर्ठाई पसलको विभिन्न शाखाहरुको विवरण थप गर्न Posted Data Change Request मार्फत अभिलेख
अद्यावधिक गर्नुपर्दछ । यसरी कम्प्युटर अभिलेख अद्यावधिक गरेपश्चात् कार्यालयले नयाँ
प्रमाणपत्र प्रिण्ट गरी उक्त स्थायी लेखा नम्बर प्रमाणपत्रमा ती सबै शाखाहरुको नामावली
र कारोवारस्थान उल्लेख भएको सुनिश्चित गरी प्रमाणपत्र जारी गर्नु पर्दछ । यसरी जारी
भएको नयाँ प्रमाणपत्रको मूल प्रति पसलको केन्द्रीय कार्यालयमा सबैले देख्ने गरी राख्नु
पर्दछ भने सोही प्रमाणपत्रको फाटोकपी प्रमाणित गरी अन्य शाखा कार्यालयमा सबैले देख्ने
गरी राख्नु पर्दछ । शाखा कार्यालय थप गर्ने निर्णय भएपश्चात् शाखा कार्यालयको कारोवारस्थान,
सर्म्पर्क टेलिफोन नम्बर, शाखा कार्यालयका मुख्य
जिम्मेवार व्यक्तिको नाम तथा सर्म्पर्क नम्बर आदि आधारभूत सूचनाको जानकारी सम्बन्धित
आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुलाई दिनु पर्दछ । यसरी जानकारी
प्राप्त भएपश्चात् तत् तत् आन्तरिक राजस्व कार्यालयहरुले तत् तत् शाखा कार्यालयहरुको
अनुरोध भै आएमा खरीद खाता, बिक्री खाता प्रमाणित गरी अभिलेख राख्ने
र आवश्यकता अनुसार अनुगमन गर्नु पर्दछ । आन्तरिक राजस्व कार्यालय पोखरा ले स्वीकृति
दिएका ती सबै शाखाको कारोवार करदाताले एकीकृत रुपमा कर विवरणमार्फ पेश गरे नगरेको विषयमा
अनुगमन तथा सुपरिवेक्षण गरिरहनु पर्दछ ।
मूल्य अभिवृद्धि कर प्रयोजनका लागि कर्मचारी वा कामदार