Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

मूल्य अभिवृद्धि कर प्रणालीमाः करयोग्य व्यक्तिको बहु स्वतन्त्र व्यवसाय

करयोग्य व्यक्तिको बहु स्वतन्त्र व्यवसाय
कहिले कांही एउटा निकायमा सम्बद्ध व्यक्तिहरु मिली अर्को निकाय स्थापना गर्न सक्दछन् । एउटा निकायमा सम्बद्ध व्यक्तिहरु मिली अर्को निकाय स्थापना गरेको अवस्थामा नयां स्थापना भएको निकायको बेग्लै कानुनी अस्तित्व कायम हुन्छ । नयां स्थापना हुने निकायले छुट्टै स्थायी लेखा नम्बर लिनु पर्ने र यदि उक्त निकायले मूल्य अभिवृद्धि कर लाग्ने कारोवार गर्ने भएको खण्डमा मूल्य अभिवृद्धि कर प्रयोजनको लागि समेत दर्ता गर्नुपर्दछ । यस विषयलाई निम्न उदाहरणले थप प्रष्ट पार्नेछः


उदाहरण १
श्री पार्वती पौडेल, एल् एण्ड पि सफ्टवेयर प्रा.लि. नाम गरेको एक सफ्टवेयर निर्माण गर्ने  कम्पनी सञ्चालन गरिरहेकी छन् । उक्त प्रा.लि.मूल्य अभिवृद्धि कर प्रयोजनको लागि आन्तरिक राजस्व
कार्यालय पोखरामा मा दर्ता रहेको छ । हालसालै श्री पार्वती पौडेल र दिपेश लामिछानेले अर्को एउटा डि एण्ड पि एसोसियट्स भन्ने साझेदारी र्फम पनि दर्ता गराएका छन् । उक्त साझेदारी र्फमले शैक्षिक परामर्श दिने कारोवार गर्ने उद्देश्य राखेको छ । दुबै निकायका संस्थापक व्यक्तिहरु एउटै भए तापनि एल् एण्ड पि सफ्टवेयर प्रा.लि. को स्थायी लेखा नम्बरबाट दुबै निकायको कारोवार गर्न सकिदैन । यी दुबै निकायहरुको कानूनी अस्तित्व पृथक पृथक रहेको हुदाँ पछि स्थापना गरिएको डि एण्ड पि एसोसियट्स भन्ने साझेदारी र्फमको लागि अलग स्थायी लेखा नम्बर लिनु पर्दछ ।

एउटै परिसर वा कारोवार स्थलमा एक भन्दा बढी व्यवसाय संचालनमा रहेका हुन सक्छन् । प्रत्येक व्यवसायले छुटृा छुटै व्यबसायको रुपमा दर्ता गरिदिन अनुरोध भै आएको अवस्थामा अलग अलग व्यक्तिको नाउंमा दर्ता गरी स्थायी लेखा नम्बर उपलब्ध गराउनु पर्दछ । यस्तो अवस्थामा प्रत्येक व्यवसायिक इकाईको लागि छुटृा छुटै बीजक, खाता तथा हिसाब किताब राख्नु पर्ने हुन्छ । यस्ता प्रत्येक इकाई स्वायत्त आर्थिक इकाईको रुपमा रहन्छन् ।

उदाहरण २
ग्यालेक्सी तारे होटेल परिसरभित्र आवास भवन, रेष्टुरेण्ट, क्यासिनो, हेल्थक्लब, सपिङ्ग मल वा यस्तै अन्य विभिन्न इकाई संचालनमा रहेका छन् । यी सबै इकाइको कार्य प्रकृति पृथक पृथक रहेको छ तर सबै इकाइ एक आपसमा अन्तरसम्बन्धित र आश्रति रहेका छन् । यी सबै इकाइ पृथक पृथक व्यक्तिको स्वामित्वमा दर्ता गरी सञ्चालन गरेको रहेछ । यस्तो अवस्थामा होटेल, आवास भवन, रेष्टुरेण्ट, क्यासिनो, हेल्थक्लब, सपिंग मलको लागि अलग अलग मूल्य अभिवृद्धि कर प्रयोजनको लागि स्थायी लेखा नम्बर लिनु पर्दछ ।
एउटै परिसर वा छातामुनि भिन्दाभिन्दै व्यक्तिले भिन्दाभिन्दै व्यवसाय गरेका हुन् वा एउटै व्यक्तिले
अलग अलग व्यवसाय मात्र गरेको हो भन्ने विषय द्विविधाग्रस्त हुन सक्दछ । यसको लागि व्यवसाय दर्ता प्रमाणपत्रको अतिरिक्त विद्युत, टेलिफोन, खानेपानीको धारा जडान आदि पनि स्वतन्त्र रुपमा व्यवसाय गरेको हो होइन भनी जांच गर्ने आधार हुन सक्छन । यदि एउटै व्यक्ति वा व्यवसायको नाममा विद्युत, टेलिफोन, खानेपानीको धारा जडान भएको भए तापनि निश्चित सेवा शुल्क लिने दिने गरी आपसी सम्झौता गरी यसको प्रयोग अलग अलग इकाईबाट गरिएको अवस्था भएमा अलग अलग करयोग्य व्यक्ति भएको मान्नु पर्दछ ।

यस विषयलाई निम्न उदाहरणबाट अझ स्पष्ट गर्न सकिन्छः
  

उदाहरण ३
मानौं शुभम् डिपार्टमेण्टल स्टोर एउटा ठूलो व्यापारिक भवन हो । त्यहां सवारी साधन  पार्किङ्गदेखि बैंकको काउण्टरसमेतको लागि ठूलो कम्पाउण्डयुक्त परिसर रहेको छ । डिपार्टमेण्टल स्टोरको भुर्इ तलाको मुख्य अग्रभागमा आइसक्रिम बिक्रेता र अर्कोमा फूल बिक्री गर्ने पसल रहेका छन् । डिपार्टमेण्टल स्टोर र यी पसलहरुको कार्यप्रकृतिमा विशेष अन्तर देखिदैन । ती दुर्इ व्यक्तिहरुले डिपार्टमेण्टल स्टोरको मालिकसित भाडामा लिई अग्रभागमा पसलहरु सञ्चालन गरेका रहेछन् । बिद्युत, खानेपानी, टेलिफोन आदि डिपार्टमेण्टल स्टोरको नाउंमा दर्ता भएको छ । तर निश्चित सेवा शुल्क लिने दिने आपसी सम्झौता गरी अन्य प्रतिष्ठानले पनि प्रयोग गर्न दिइएको अवस्था छ ।
ती व्यक्तिले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा छुट्टै स्थायी लेखा नम्बरको लागि आवेदन गरेमा आन्तरिक राजस्व कार्यालयले छानबिन गर्नुपर्दछ । कारोवारको प्रकृति, खरीद, बिक्री कक्ष, गोदाम तथा मौज्दातको अवस्था तथा जग्गा बहाल सम्झौता आदि छानबिन तथा अनुसन्धान गर्दा कारोवार अलग अलग व्यक्तिको भएको पुष्टि भएमा करयोग्य व्यक्ति अलग अलग भएको मान्नु पर्दछ र अलग अलग स्थायी लेखा नम्बर प्रदान गर्नु पर्दछ । यदि छानबिन तथा अनुसन्धान गर्दा अलग अलग व्यक्तिको कारोवार भएको पुष्टि हुन नसकेमा सबै कारोवारलाई शुभम् डिपार्टमेण्टल स्टोरको कारोवार मानी कर निर्धारण गर्नु पर्दछ ।




मूल्य अभिवृद्धि कर प्रणालीमाः करदाताको एकल स्वतन्त्र व्यवसाय