करदाता र कर लाग्ने कारोवार
नाफाको
उद्देश्य लिई वा नलिई उत्पादन, व्यापार, पेशा, व्यवसाय गरी कुनै करयोग्य वस्तु वा सेवा
आपर्ति गर्ने प्राकृतिक व्यक्ति वा कानूनद्वारा स्थापित निकायलाई करदाता भनिन्छ ।
प्राकृतिक व्यक्ति वा निकायको कुनै कर्मचारी वा श्रमिक करदाता हुदैन । प्राकृतिक
व्यक्ति वा निकाय करदाताको रुपमा रहेको अवस्थामा कर दायित्व भुक्तान गर्ने
प्राथमिक जिम्मेवारी सोही प्राकृतिक व्यक्ति वा निकायको हुन्छ ।
कुनैकम्पनीका
शेयरहोल्डर वा लगानीकर्तालाई मूल्य अभिवृद्धि कर प्रत्यक्ष रुपमा आकषिर्त हुंदैन
तर साझेदारी र्फम खडा गरी करयोग्य कारोवार गरेमा साझेदारी सम्झौतामा उल्लेख भए
बमोजिमको अनुपातमा साझेदार समेत करको दायित्वबाट मुक्त हुन सक्दैनन् । करयोग्य
वस्तु वा सेवाको व्यवसायिक उद्देश्यले गरिने आयात, निर्यात,
बिक्री, विनिमय वा हस्तान्तरणलाई करयोग्य
कारोवार मानिन्छ । यस परिच्छेदमा करदाता र कर लाग्ने कारोवारको बारेमा विस्तृत
रुपमा व्याख्या गरिएको छ ।
करदाताको परिभाषाः
मूल्य
अभिवृद्धि कर लाग्ने कारोवारमा संलग्न रहेका प्राकृतिक व्यक्ति वा निकाय दुबै
करदाता हुन्। कर लाग्ने कारोवारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कर लाग्ने वस्तु वा सेवाको कारोवारलाई बुझाउंछ । यस
निदेशिकाको प्रयोजनको लागि व्यक्ति
भन्नाले प्राकृतिक व्यक्ति तथा निकाय दुबैलाई जनाउंछ । निकायले कम्पनी, संस्था, साझेदारी व्यवसाय -श्रीमान् तथा श्रीमती
बीचको साझेदारी समेत), सहकारी, संयुक्त
उद्यम, धार्मिक संघसंस्था वा कोषजस्ता कानूनद्धारा स्थापित
संस्थालाई जनाउंछ । मूल्य अभिवृद्धि कर करयोग्य वस्तु तथा सेवाको आपुर्तीमा लाग्ने
भएकोले कुनै पनि प्राकृतिक एवं कानूनद्वारा स्थापित निकायले करयोग्य वस्तु वा
सेवाको कारोवार गरेमा सोव्यक्ति करदाताको परिभाषा भित्र पर्दछ ।
मुनाफा
आर्जन गर्ने उद्देश्य रहेको वा नरहेको जे भए तापनि मूल्य अभिवृद्धि कर ऐन बमोजिम
कर योग्य कारोवार गरेको कुनै प्राकृतिक व्यक्ति, सरकारी
निकाय, धार्मिक संघसंस्था, परोपकारी
ट्रष्ट, उपभोक्ता समिति वा यस्तै प्रकारका अन्य निकाय,
तिनका शाखा वा उपशाखाहरु वा विदेशी निकायको शाखा, प्रशाखा एवं विदेशी स्थायी संस्थापन समेतलाई करदाताको परिभाषाले समेट्छ ।
मुनाफा आर्जन गर्ने उद्देश्य नभएको निकायलाई समेत करदाताको दायरामा ल्याउनुको मुल
उद्देश्य कर लाग्ने कारोवार बीच सम व्यवहार एवं कर तटस्थता कायम गर्नु हो । यसैगरी
मूल्य अभिवृद्धि करमा दर्ता नभए तापनि मूल्य अभिवृद्धि कर ऐनले कर संकलन वा दाखिला
गर्नु पर्ने दायित्व भएका सरकारी वा अन्य निकाय समेत करदाताको परिभाषा भित्र
पर्दछन् ।
मूल्य
अभिवृद्धि कर ऐन, २०५२ को दफा २-(ठ) ले
व्यक्तिलाई देहाय बमोजिम परिभाषित गरेकोछः दफा २. (ठ) "व्यक्ति" भन्नाले
कुनै प्राकृतिक व्यक्ति, र्फम, कम्पनी,
संघ, संस्था, साझेदारी
संस्था, सहकारी, संयुक्त व्यवसाय,
गुठी वा कोष सम्झनु पर्छ र सो शव्दले नाफाको उद्देश्य लिई वा नलिई
कर लाग्ने कारोवारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक
संगठन, परोपकारी संस्था वा त्यस्तै अन्य निकायहरु र तिनका
शाखा वा उपशाखाहरुलाई समेत जनाउंछ ।
करदाता
हुनको लागि मुलतः दुइवटा आधार महत्वपुर्ण रहेका छन् । पहिलो, कारोवार गर्ने वस्तु वा सेवाको प्रकृति र दोस्रो, कारोवार
रकम । मूल्य अभिवृद्धि कर प्रयोजनकोलागि कुनै व्यक्ति करयोग्य हो वा होइन
भन्नेविषय निजले गर्ने कारोवारको प्रकृति र कारोवार रकमले निर्धारण गर्दछ । निजले
सो कारोवारबाट मुनाफा आर्जन गर्ने वा नगर्ने जेसुकै उद्देश्य राखेकोभए तापनि उक्त
व्यक्तिले गर्ने कारोवारको प्रकृति र कारोवार रकमले सो व्यक्ति करयोग्य होवा होईन
भन्ने कुरा निर्धारण गर्दछ । मूल्य अभिवृद्धि कर ऐनलेकर छुट हुने वस्तुवा सेवा भनी
किटान गरेका वस्तु वा सेवा बाहेक अन्य सवै वस्तु वा सेवाको कारोवार गर्ने
व्यक्तिले कुनै निश्चित अवधिमा कानूनले निर्धारण गरेको कारोवार रकम (थ्रस-होल्ड)
भन्दा बढीको कारोवार गरेमा त्यस्ता व्यक्तिहरु करदाता हुन्र त्यस्ता व्यक्तिहरु
मूल्य अभिवृद्धि करको प्रयोजनका लागि अनिवार्य रुपमा दर्ता हुनुपर्दछ ।
अन्त शुल्क र मूल्य अभिवृद्धि कर अर्थात भ्याट ( Custom duty & VAT)