Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

अन्त शुल्क र मूल्य अभिवृद्धि कर अर्थात भ्याट ( Custom duty & VAT)

मानिसहरु करलाई राज्यले लगाएको बोझ जस्तो ठान्ने गर्दछन । तर कर जनताले सरकारलाई तिर्नै पर्ने रकम हो । उक्त रकम जनताको हितको लागी खर्च गरिन्छ । कर जनताले तिर्नुपर्ने कर्तव्य हो भने यसको उचित सदुपयोग गर्नु सरकारको दायित्व हो । कर अनिवार्य रुपमा तिर्नुपर्ने हुन्छ । कर कानुन अलिक जटिल हुन्छ र अप्ठ्यारो हुन्छ । अप्ठ्यारो कानुन भएकाले बेलैमा बिचार पुर्याईएन भने यसले जटिलता ल्याउ सक्छ । साना व्यवसाय गरेबापत सामान्यतया ३ थरीका कर लाग्ने गर्दछन् । पहिलो अन्त शुल्क, दोश्रो मूल्य अभिवृद्धिकर र तेश्रो आयकर हुन् । 

अन्त शुल्क
अन्तशुल्क खासगरी मदिराजन्य बस्तुहरुको कारोबार गर्नेले इजाजत पत्र लिएर काम गर्ने हुनाले सानै व्यवसायी भएपनि अन्तशुल्कका रुपमा कर तिर्नु पर्दछ । त्यस्तो इजाजतपत्र आफूसँग सम्बन्धित रहेको कार्यालय वा करदाता सेवा कार्यालयमा पाइन्छ । त्यहाँबाट अनुमति प्राप्त गरेपछि इजाजतपत्र प्राप्त गर्ने समयमा नै केही पैसा तिरे पुग्छ ।




मूल्य अभिवृद्धि कर अर्थात भ्याट
मूल्य अभिवृद्धि कर वा भ्याट भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृद्धि रकममा लाग्ने करलाई बुझाउँदछ । यो कर विभिन्न देशमा फरकफरक दरमा असुल गरिन्छ । नेपालमा यो कर मुल्य अभिवृद्धि कर ऐेन २०५२ तथा मुल्य अभिवृद्धि कर नियमावली २०५३ ले निर्दिष्ट गरे अनुसार लागु गरिएको छ । हाल नेपालको व्यवस्था अनुसार बिक्री मूल्यको १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था छ ।

सामान आयात निर्यात अर्थात किनबेचका सम्बन्धमा यो कर लाग्ने गरेको छ । २०७२ सालदेखि ५० लाखसम्मको बार्षिक कारोबार गर्नेले भ्याटमा दर्ता भइराख्नु पर्दैन् । यस्तो रकमको सीमा अघिल्लो वर्षसम्म २० लाख थियो । जसलाई थ्रेस होल्ड भनिन्छ । थ्रेस होल्ड बढेर अहिले ५० लाख पुर्याइएको छ । १० महिनाको खरिद र १२ महिनाको बिक्रीमा कुन बढी छ त्यसलाई हेरेर ५० लाख भन्दा बढी कारोबार भएको खण्डमा भ्याटमा दर्ता हुनुपर्छ । दर्ता भएपछि भ्याटसँग जोडिएर काम गर्नुपर्छ ।
 
यसमा खरिदबिक्री खाता व्यवस्थापन, बेचेका हरेक सामान, भ्याट नियमनकारीले तोकेको बमोजिम बिलमा हुनुपर्छ । बिल दुईथरीका हुन्छन् पहिलो संक्षिप्त कर बिजक हो भने दोश्रो कर बिजक । कर बिजकमा महिनाभरीको खरिद र बिक्रिको छुट्टाछुट्टै हिसाबमा राखी त्यसबाट हुन आउने भ्याट पनि महिना सकिएको अन्तिममा बुझाउन सकिन्छ, अन्यथा नतिरेको खण्डमा जरिवाना सहित कारबाही समेत हुन्छ । तसर्थ आफ्नो हिसाबकिताब सुरक्षित राख्नुपर्छ