आयकर (Income Tax)
आयकर भन्नाले कुनै पनि
व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे
अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ । नेपालमा लाग्ने आयकरलाई आयकर ऐन २०५८
तथा आयकर नियमावली २०५९ ले निर्दिष्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली
अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई
प्रकारको व्यक्तिलाई बुझाउँदछ पहिलो प्राकृतिक व्यक्ति तथा निकाय वा संस्था
पर्दछन् ।
आयकर (अङ्ग्रेजी: Income
Tax) भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई
जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ।
नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली,
२०५९ ले निर्दिश्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार
व्यक्तिको आयमा आयकर लाग्दछ भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको
व्यक्तिलाई बुझाउँदछ पहिलो प्राकृतिक व्यक्ति तथा निकाय ।
आयकर ऐन, २०५८ को दफा २(ढ) अनुसार आयकर भन्नाले आयकर ऐन बमाजिम लाग्ने कर तथा
निम्नानुसारको भुक्तानीलाई सम्झनु पर्दछ ।
a) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दावी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,
b) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम वुझाउनु पर्ने रकम वा किस्तावन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ वमोजिम वुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९५क. वमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १००, १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
c) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
d) शुल्क तथा ब्याज बापत बुझाउनु पर्ने परिच्छेद–२२ बमोजिमको रकम, र
e) बिभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।
भुक्तानीमा कर काट्नु
नै आयकर हो । आयकरमा दुईवटा कुरा हुन्छन् । एउटा भनेको सामान आपूर्ति गर्यो भने
जसले सामान भुक्तानी गरेको हुन्छ, उसले नै कर काटेर दिएको
हुन्छ । जसलाई भुक्तानीमा करवृद्धि भनिन्छ । जस्तो सेवाशुल्क भुक्तानी गर्दा,
घरभाडा भुक्तानी गर्दा, कर्मचारीको तलबबाट पनि
कर काट्ने गरिन्छ ।
त्यस्तै किराना पसल, चिया पसल, स्टेशनरी पसल जस्ता अधिकांश सर्वसाधारणको
पहुँचमा गरिने व्यवसायले अनुमानित कर तिरेका हुन्छन् । जसका लागि एकल व्यवसायी
फर्म भरेर त्यही अनुसार तिर्नुपर्दछ, बर्षको कारोबार २० लाख
तथा फाइदा २ लाख भित्र छ र महानगरपलिका र उपमहानगरपालिका भित्र व्यवसाय सञ्चालन
गरेको छ भने वर्षको ५ हजार कर तिर्नुपर्दछ । त्यस्तै नगरपालिका भित्र सञ्चालन
गरिएको हो भने २ हजार ५ सय र गाविसमा १
हजार ५ सय रुपैंया कर तिर्नुपर्दछ । त्यस्तै २० लाख भन्दा माथि ५० लाखसम्मको
कारोबार गर्नेले नाफाको प्रतिशत हेरेर, ३ प्रतिशत भित्र छ
भने कारोबार शुन्य दशमलव ५ प्रतिशत कर तिर्नु पर्दछ ।
जुन कर पुस मसान्त र
चैत मसान्त भित्र दुई पटक तिर्नुपर्दछ । यदि ढिलो भएमा १५ प्रतिशत ब्याज लाग्छ ।
त्यस्तै ३ प्रतिशत बढी फाइदा भएकाले आफ्नो कारोबारको १ दशमलव ५ प्रतिशत कर
तिर्नुपर्दछ । सेवाको हकमा चाँही कारोबारको २ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।