कम्युटरको स्पिड (Speed) बढाउने सजिलो टिप्स ।
कम्प्युटरको स्पिड कम भएर वा बारम्बार ह्याङ्ग भएर दिक्क हुनेहरुको लागि सजिलो कम्प्युटर टिप्स रहेको छ । यो टिप्सले तपाईको कम्प्युटरको स्पिड केही मात्रा भएपनि बढाउन सहयोग गर्नेछ ।
जसको लागि सर्वप्रथम My Computer मा Right क्लिक गरी Proporties मा क्लिक गर्नुहोस ।
अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ Setting मा क्लिक गर्नुहोस ।
अब चित्रमा देखाँएझै Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस ।
अब अन्त्यमा Apply मा क्लिक गरी OK मा क्लिक गर्नुहोस र
फेरी एकपटक OK मा क्लिक गर्नुहोस ।
यति गरी सकेपछि तपाईले आफ्नो कम्प्युटरको स्पिड केही बढेको महसुस गर्नुहुनेछ ।
Labels:
Blog