Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

Microsoft Office Specialist World Championship Nepal

Microsoft Office Specialist World Championship 
Microsoft करपुरेसनले प्रत्येक बर्ष तिन वटा बिधा Microsoft Word, Microsoft Excel र Microsoft Power Point मा Global Computation गर्दै आईरहेको छ । जस्मा 13-18 बर्ष उमेर समुहका विद्यार्थीहरु सहभागी हुन सक्दछन् । यो एक विश्वकै सुचना प्रविधीको क्षेत्रको ठुलो कम्पिटेशन हो। सन् 2019 को कम्पिटिसनमा 130 देशका 8,60,000 विद्यार्थीहरुको सहभागिता भएको थियो । र यस बर्ष (सन् 2020 मा) 136 देशको सहभागीता हुदैछ । कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको पोखराको सृजनाचोकमा रहेका हामी Deep Educational Consultancy Pvt. Ltd. (दिप एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.) तथा DEEP Computer Institute (दिप कम्प्युटर इन्ष्ट्रिच्युट) लेे माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा गण्डकी प्रदेशका विद्यार्थीहरुलाई सहभागी गराउने भएको हो ।
सहभागी हुन चाहानेहरुको लागी आवश्यक तालिमको व्यवस्था पनि हामीले नै गरेको छौ। हामीले विभिन्न क्षेत्रका जनशक्तीको आवश्यकता पुरा गर्ने हेतुका साथ 35 भन्दा बढी कम्प्युटर कोर्सहरु समेत सञ्चालन गरिरहेका छौ ।
सहभागी हुन चाहाने विद्यार्थीहरुको रजिष्ट्रेशनको कार्य भैरहेको सबैमा जानकारी गराउन चाहान्छौ । साथै विद्यालय बाट सहभागी गराउन चाहाने सम्बन्धित विद्यालयहरुलाई पनि सिघ्र सम्पर्क गर्नुहुन सुचित गरीन्छ ।

यस प्रतियोगीताको रिजनल राउण्डः


1️⃣ 2077 जेठ महिनामा, पोखरामा सञ्चालन हुने ।
2️⃣ विद्यालयले आफ्ना सम्पुर्ण 13-18 बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सहभागी गराउन सकिने ।
3️⃣ प्रत्येक सहभागी विद्यार्थीलाई सहभागीताको प्रमाण पत्र Microsoft द्वारा नै प्रदान गरिने । (आफ्ना विद्यार्थीहरुलाई अन्तराष्ट्रिय प्रमाण-पत्र (Microsoft Certification) हाँसिल गर्नबाट बञ्चित नगराईदिनुहोला।)
4️⃣ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था ।
5️⃣ गण्डकी प्रदेशका 9 जिल्लाका 300 बढी विद्यालयहरुको सहभागीता हुने ।
6️⃣ नि-शुल्क सिक्ने सामाग्री तथा तालिमको व्यवस्था ।

यस प्रतियोगीताको नेसनल राउण्डः

1️⃣ 2077 असार महिनामा, काठमाण्डौमा सञ्चालन हुने ।
2️⃣ रिजनल राउण्डबाट छानिएर आएका 150 प्रतिस्पर्धीहरु विच प्रतिस्प्रधा हुने ।
3️⃣ 150 जना बाट अन्तराष्ट्रीय राउण्डको लागी प्रत्येक विधाबाट 2/2 जना (MS-Word-2, MS-Excel-2, MS-PowerPoint-2) गरी 6 जना अन्तराष्ट्रीय राउण्डको लागी California, USA जाने ।
4️⃣ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था ।

वल्ड च्याम्पियनसिप (अन्तराष्ट्रिय राउण्ड):

1️⃣ 2077 साउन महिनामा, California, USA मा सञ्चालन हुनेछ ।
2️⃣ 136 देशका National Winner हरु विच प्रतिस्प्रधा हुने ।
3️⃣ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था ।
कक्षा 8/9/SEE/11/12 को परिक्षा चैत महिनामा सकिन्छ । । परिक्षा पछि अधिकांश विद्यार्थी यसै बस्ने गरेको देखिन्छ । उनिहरुको लागी यस कम्पिटेशन बाट Microsoft को सफ्टवरमा दक्ष हुने अवसरका साथै अन्तराष्ट्रिय लेभलको ग्लोबल कम्पिटिशनको (अन्तराष्ट्रीय प्रमाणपत्र) International Certification पनि प्राप्त हुने हुँदा, आफ्ना बाबु नानीलाई यो अवसर प्रदान गराईदिनुहोला ।


सम्पर्क :
दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्ट्रिच्युट
पोखरा - 08, सृजनाचोक
(पोखरा महानगरपालिका वडा नं ८ को कार्यालय सँगै तेस्रो तल्लामा )
 061-550521
📱 +977-9856025421
📱 +977- 9824138027
 deepitcomputer@gmail.com
deepconsultancy@gmail.com
"उज्वल भविष्यको एक मात्र आधार"