Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

स्थानीय तहको नयाँ पाठ्यक्रम : लोक सेवा आयोग

लोकसेवा आयोगले स्थानीय तहको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । नयाँ पाठ्यक्रमअनुसार अब स्थानीय तहमा पनि पहिलो चरणमा इन्ट्रान्स (प्रवेश परीक्षा) पास गर्नुपर्ने छ ।


लोक सेवा आयोगले सुरुमा अधिकृत तहमा प्रवेश परीक्षा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । पछि सुब्बाका लागि पनि त्यस्तै व्यवस्था गरियो । अहिले संघीय संरचनाअनुसारको नयाँ पाठ्यक्रम बनाउँदा पनि एक सय पूर्णांकको लिखित प्रवेश परीक्षालाई निरन्तरता दिइएको छ ।
अहिले लोक सेवा आयोगले स्थानीय तहका प्राविधिक र अप्राविधिकतर्फ चौथो, पाँचौ र छैठौं तहको पाठ्यक्रम सार्वजनिक गरेको छ ।
छैठौं तहका महिला विकास अधिकृत, नापी अधिकृत, तथ्यांक अधिकृत, वातावरण निरीक्षक, वातावरण इन्जिनियर, शिक्षा प्रशासन अधिकृत, कम्प्युटर अधिकृत, कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर तथा पाँचौं तहको महिला विकास निरीक्षक पदमा भने दुई पटक लिखित परीक्षा दिनुपर्ने छ । पहिलो लिखित परीक्षा (प्रवेश परीक्षा)मा पास भएकाहरु मात्र दोस्रो लिखित परीक्षामा सहभागी हुन पाउने छन् ।
चौथो तहको सहायक कम्प्युटर अपरेटर, चौथो तहकै अमिन, पाँचौ तहको सब इन्जिनियर, कम्प्युटर अपरेटर, तथ्यांक सहायक, सर्भेक्षक र प्राविधिक सहायक (शिक्षा) का लागि भने प्रवेश परीक्षाको व्यवस्था छैन ।
पाठ्यक्रममा फरक के छ ?
स्थानीय तहका लागि लोक सेवा आयोगले सार्वजनिक गरेको पाठ्यक्रममा पहिलेको तुलनामा के फरक छ वा के समानता छ भन्ने कुरा जान्न जरुरी छ । यसको जानकारी भएमा परीक्षाको तयारी गरिरहेका र गर्नेहरुलाई के-के पढ्ने के-के नपढ्ने भनेर छुट्टाउन सजिलो हुन्छ ।
छैठौं तह  (शाखा अधिकृत)
छैठौं तहको प्रथम पत्रमा जीके, आईक्यू, अंग्रेजीको परीक्षा यथावत छ । पुरानो पाठ्यक्रममा जस्तो थियो, अहिले पनि त्यसै नै छ ।
दोस्रो पत्रमा शासन प्रणाली र समसामयिक मामिला सम्बन्धी प्रश्नहरु सोधिने छ, जुन १०० पूर्णांकको हुने छ ।
पुरानो दोस्रो र तेस्रो पत्रको २०० पूर्णांकलाई मिलाएर १०० पूर्णांक बनाइएको छ तर विषय वस्तुमा केही फरक छैन । केही टपिक भने थपिएको छ ।
तेस्रो पत्र सेवा समूह सम्वन्धी १०० पूर्णांकको हुने छ । चौथो पत्रको पाठ्यक्रमलाई केही थपघट गरेर तेस्रो बनाइएको छ ।
पाँचौ तह (नासु)
पाँचौ तहको नासु वा सो सरहको परीक्षाको प्रथम पत्रमा पनि जीके, आईक्यू १०० पूर्णांकको यथावत राखिएको छ ।
दोस्रो पत्र सामाजिक आर्थिक अवस्था सम्बन्धी १०० पूर्णांकको हुने छ । नासुको दोस्रो पत्रको पुरानो पाठ्यक्रममा दुई-चार वटा नयाँ टपिक थपिएको छ ।
तेस्रो पत्र हटाइएको छ । पाँचौ तहको तयारी गर्नेले पहिलो पत्र जीके आईक्यू र दोस्रो पत्र नासुको पुरानो पाठ्यक्रममा केही टपिक थप पढे पुग्छ ।
चौथो तह (खरिदार)
चौथो तहको खरिदार वा सो सरहको परीक्षाको प्रथम पत्रमा पनि जीके, आईक्यू १०० पूर्णांकको यथावत राखिएको छ । अर्थात् अहिलेको पाठ्यक्रम पहिलेको जस्तै छ ।
दोस्रो पत्रमा सामाजिक  अध्ययन, कार्यालय सञ्चालन र सामान्य गणित १०० पूर्णांकको राखिएको छ । अर्थात् विगतको पाठ्यक्रममा जस्तो विज्ञान विषय अब पढ्नुपर्ने छैन ।
चौथो तहको अप्राविधिक पदका लागि १० पूर्णांकको कम्प्युटर सिप परीक्षण र ३० पूर्णांकको अन्तर्वार्ता पनि दिनुपर्ने छ ।

स्थानीय तहको लागि नयाँ पाठ्यक्रम

स्रोतः psc.gov.np