Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

शिक्षक सेवा आयोगः ३० प्रतिशत अस्थायी शिक्षकले लिखित परीक्षामा ५ नम्बर पनि ल्याउन सकेनन्



गत असारमा लिईएको अस्थायी शिक्षकको लिखित परीक्षामा अस्थायी शिक्षकको अवस्था निकै कमजोर देखिएको छ । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ३० प्रतिशभन्दा बढी शिक्षकहरुले ५ नम्बर पनि ल्याउन नसकेका हुन् । वर्षौदेखि विद्यालयमा पढाउँदैं आएका अस्थायी शिक्षकहरुले लिखित परीक्षामा ल्याएको अंक निकै न्यून रहेको पाईएको हो ।

शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले ३० प्रतिशत अस्थायी शिक्षकहरुले लिखिति परीक्षामा ५ नम्बर पनि ल्याउन नसकेको बताए । वर्षौदेखि विद्यालयमा अध्यापन गराउँदैं आएका शिक्षकहरुको यस्तो नतिजाले सार्वजनिक शिक्षा क्षेत्रमा ठूलो प्रश्न चिन्ह खडा गरेको अध्यक्ष गौतमको भनाई छ ।
विश्वविद्यालयको प्रमाणपत्र पाएका, शिक्षक लाइसेन्सको परीक्षा उत्तीर्ण भइसकेका शिक्षकहरुले समेत ४/५ अंक ल्याएको भन्दै यस्तो तरिकाले सार्वजनिक विद्यालय कसरी माथि उठ्न सक्ने भन्दै प्रश्न गरे ।
शिक्षक हुन लाइसेन्स पनि चाहिने, तालीम पनि चाहिने तर कर्मचारी हुन दुवै नचाहिने भएकाले शिक्षक बन्न उत्कृष्टहरु आकर्षित नभएको उनको भनाइ थियो ।
(कुराकानीमा आधारित)


Source: merostudy.com