Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

कर फिर्ता भनेको के हो ?


कर फिर्ता भनेको के हो ?
दर्तावाल व्यक्तिले आफूले उठाएको कर खरिदमा तिरेको करमा मिलान नभई बांकि रहेको अवस्थामा फिर्ता पाउने गरी गरिएको व्यवस्था हो । साथै दर्ता भएको व्यक्ति बाहेक करको भार बहन गर्नु नपर्ने कुटनीतिज्ञ/कुटनीतिक नियोग र कर छुटको सुविधा प्राप्त व्यक्ति वा संस्था हरूलाई उनीहरूले खरिद गरेको बस्तु वा सेवामा तिरेको वा तिर्नुपर्ने कर फिर्ता गरिन्छ ।

सरकारी राजस्वमा जम्मा भइसकेको कर पनि फिर्ता पाइन्छ ?
पाईन्छ ।  


कुन कुन अवस्थामा कुन कुन अवस्थामा VAT पाइन्छ ?
क) महिनाभरीको कूल विक्रिमध्ये ४० प्रतिशतभन्दा बढी निर्यात विक्रि गर्ने दर्ता भएको नियमित निकासीकर्ताले खरिदमा तिरेको वा तिर्नुपर्ने कर आफूले उठाएको करमा मिलान हुन नसकी बांकि रहेको कर ।

ख) छ महिनासम्म मिलान हुन नसकेको कर ।

ग)   नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कूटनैतिक मान्यता प्रदान गरेको नेपालको कूटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा वा क्षेत्रीय, अन्तराष्ट्रिय नियोग तथा संस्थामा कार्यरत कूटनैतिक सुविधा प्राप्त व्यक्तिलाई कर छूटको सुविधा प्रदान गरेको रहेछ भने नेपाल राज्य स्थित त्यस्तो राष्ट्र, क्षेत्रीय, अन्तराष्ट्रिय नियोग तथा संस्थाको कूटनीतिज्ञले आफूले उपभोग गरेको हदसम्म नेपाल राज्यभित्र तिरेको करको रकम ।

घ)   नेपाल सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तराष्ट्रिय संस्था  वा त्यस्तो संस्थाले तिरेको करको रकम,

ङ)  नेपाल सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल अधिराज्यभित्र आयोजना संचालन गर्ने सिलसिलामा तिरेको करको रकम,

च)  भूलबाट असुल गरिएको करको रकम ।

छ)  नेपाल भ्रमण गरी हवाई मार्गबाट र्फकने विदेशी पर्यटकले पन्ध्र हजार रुपैयाँ भन्दा बढीको कर लाग्ने वस्तु खरिद गरी आफुसँग लगेमा त्यस्तो वस्तुमा तिरेको कर ।

VAT फिर्ताको लागि आवेदन कति दिनमा दिनु पर्दछ?
कारोवार भएको मितिले तीन वर्षभत्र फिर्ता पाउन दरखास्त दिई सक्नु पर्दछ ।

दर्तावाल व्यक्तिले VAT फिर्ताका लागि आवेदन गर्दा के के कागजात चाहिन्छ ?
कर विवरण (अनुसूची-१०) बाट फिर्ता माँग गरी कर परिक्षणका बखत अन्य कागजात बुझाउनुपर्छ ।

ऐनले तोकेको म्याद भित्र कर फिर्ता पाइएन भने के हुन्छ  ?
 वाषिर्क पन्ध्र प्रतिशतको दरले ब्याज पाईन्छ । यस्तो ब्याज रकम फिर्ता माग गरेको मितिले
साठी दिनपछि मात्र गणना गरिनेछ ।

कुटनीतिक सुविधा प्राप्त व्यक्तिलाई कुन कुन अवस्थामा कर फिर्ता दिइन्छ ?
कुटनीतिज्ञ वा कुटनीतिक नियोगले स्थानीय बजारमा कर लाग्ने बस्तु वा सेवा खरिद गर्दा तिरेको कर (एक पटकमा !,%)) रुपैयां भन्दा कमको खरिदमा तिरेको कर बाहेक अन्य) फिर्ता पाउंछन् ।
कुटनीतिक सुविधा प्राप्त व्यक्तिलाई कर फिर्ता माग गर्न के के कागजात चाहिन्छ र प्रक्रिया के हो ?
क) कुटनीतिज्ञले परिचयपत्रको प्रतिलिपि सहित आफ्नो कुटनीतिक नियोगमार्फ नियमावलीको अनुसूची १७ भरी फिर्ता दावी गर्नुपर्छ,

ख) परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामार्फ आन्तरिक राजस्व विभागको कर फिर्ता शाखामा फिर्ता दावी गर्नुपर्नेछ परराष्ट्र मन्त्रालयले पारस्पारिकता छ भनी सिफारिश गरेको हुनुपर्नेछ ,

ग)   कर फिर्ता दावीसंगै कर तिरेको सक्कल विजक र तिनीहरूको प्रतिलिपि पेश गर्नुपर्छ,



पर्यटकलाई कुन कुन अवस्थामा कर फिर्ता दिइन्छ ?
नेपाल भ्रमण गरी हवाइ मार्गबाट र्फकने विदेशी पर्यटकले १५,००० रुपैयांभन्दा बढीको कर लाग्ने बस्तु खरिद गरी आफूसंग लगेमा त्यस्तो बस्तुमा तिरेको कर फिर्ता दिईनेछ । १,५००० रुपैयाभन्दा कमको विजकको कर रकम फिर्ता दिईदैन ।

पर्यटकले कर फिर्ता माग गर्न के गर्नुपर्दछ - कहाँ सर्म्पर्क गर्नु पर्दछ ?
विभागले पर्यटकलाई कर फिर्ता हुन सक्ने गरि विक्रि गर्न अधिकार दिएका पसलहरूमा उपलब्ध कर फिर्ता दावी फारम भरी सक्कल विजक संलग्न गरी अन्तरराष्ट्रिय विमानस्थलस्थीत रा.वा. बैंकको काउण्टरमा दावी गर्नुपर्ने छ । दावी फारमसाथ विदेशी मुद्रा सटही गरेको प्रमाण (डेविट वा क्रेडिट कार्डबाट भुक्तानी भएको भए सोबाट भुक्तानी गरेको प्रमाण),पासपोर्ट, हवाइ टिकट र वोर्डिङ्ग पासको प्रतिलिपि पेश गर्नुपर्छ । ती बस्तु आफूसँगै लगेको भनी भन्सार अधिकृतले प्रमाणित गरेको हुनुपर्दछ । फिर्ता दावीसाथ प्राप्त कागजातको जांचपछि रा.वा.बैंक काउण्टरले एकिन भएको रकम सेवा शुल्क वापतको रकम ३ प्रतिशत कट्टा गरी सम्बन्धित पर्यटकलाई फिर्ता दिनेछ ।

कर फिर्ता माग गर्ने कुरा (अनुसूची-१०) कर विवरणमा लेख्न छुट भएछ, के मैले सोझै निवेदन दिएर कर फिर्ता माग गर्न सक्छु ?
सक्नुहुन्न । दर्तावाल करदाताले कर विवरण -अनुसूची-१०) बाट नै कर फिर्ता माग गर्नु    पर्दछ ।

दर्तावाल व्यक्ति सँग स्टकमा रहेको सामानको VAT फिर्ता पाउँछ ?
 पाउँदैन ।