पृथ्वीमा जीवनको अस्तित्व ध्वस्त हुनसक्ने प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङको चेतावनी
प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा जीवनको अस्तित्वलाई ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।
ट्रम्पको निर्णय कार्यान्वयनमा आएमा पृथ्वी शुक्र ग्रहजत्तिकै गर्मी बन्ने प्रतिक्रिया दिँदै हकिङले जलवायु परिवर्तनको क्षेत्रमा पूरा गर्नै नसक्ने क्षति पुग्ने प्रस्ट गरे ।
पृथ्वीमा बढ्दै गएको संकटबाट मानवजीवन जोगाउन अर्को ग्रहमा जीवनको सम्भावना खोज्न ढिला गर्न नहुने सल्लाह पनि उनको छ ।
स्टीफन हकिङले आफ्नो ७५औं जन्मदिनमा बीबीसी न्यूजसँग विशेष कुराकानी गर्दै यस्तो बताएका हुन् ।
पृथ्वीमाथि जलवायु परिवर्तनको नोक्सानको तह पूरा गर्नै नसक्ने विन्दुमा पुगेको भन्दै उनले यही ढंगले बेपर्वाह बनिरहे पृथ्वीको तापक्रम २५० डिग्री पुग्ने र सल्फ्युरिक एसिडको वर्षा हुन थाल्ने चेतावनी हकिङले दिएका छन् ।
पेरिस जलवायु सम्झौताबाट हात झिक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले हाम्रो सुन्दर ग्रह र सन्ततिको भविष्य खतरामा पारेको उनको निचोड छ ।
Labels:
Blog